सर्पले टोकेमा यस्तो घरेलु उपाय अपनाउनुहोस्

Newslaya Home

सर्पले टोकेमा यस्तो घरेलु उपाय अपनाउनुहोस्

मङ्गलबार १७, साउन २०७४

वर्षा सुरु भएलगत्तै सर्प बाहिर निस्कन थालेको छ । यस्तो अवस्थामा सर्पदंशको घटनामा पनि वृद्धि भएको छ । सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् ।
हिमोटोक्सिकः यसले रक्त कोशिकामा आक्रमण गर्दछ । शरिरमा थुप्रै स्थानबाट रक्तश्रावको लक्षण र रगतको बान्ता ।
न्यूरोटक्सिकः यसले शरिरको स्नायू प्रणालीमा आक्रमण गर्दछ ।
मायोटक्सिकः यस्तो विष भएका सर्प समुन्द्रमा पाइने भएकाले नेपालमा यसको संख्या सून्यको स्थितीमा छ ।

यदि सर्पले टोकिहालेमा यी घरेलु उपाय अपनाउनुहोस् ः
१. सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट ५ देखि ७ पटकसम्म रगत तान्नुहोस् ।
२. घाउलाई चिसो पानीले पखाल्नुहोस् ।
३. सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।
४. चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।
५. घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।
६. लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ ।
७. मूलाको पात रगढ्दा जलन कम हुन्छ ।