यसरी चिन्नुस् विषालु च्याउ

Newslaya Home

यसरी चिन्नुस् विषालु च्याउ

मङ्गलबार १७, साउन २०७४

नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो । कतिपय अवस्थामा त घर परिवार नै सखाप भएको पाइन्छ । यो समस्या नेपालको मात्र होइन विश्वब्यापी नै छ । एक तथ्याङ्कसार अमेरिकामा पनि हरेक १ लाख जनामा पाँच जना विषालु च्याउ खाएरै अस्पतालमा भर्ना हुने गरेको पाइएको छ । यद्यपी त्यहाँ च्याउ खाएरै मुत्यु भएको तथ्याङ्क पच्चीस बर्ष यता भेटिएको छैन ।

कस्ता च्याउ बिषालु हुन्छन् र कसरी चिन्ने ?
– बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुन्छन् ।
– च्याउको माथि रहने छाता छाम्दा चिल्लो सतही भयो भने त्यो खानयोग्य हो तर खस्रो एबं तलमाथि उठेको देखिएमा बिषालु हो भनि अनुमान गर्न सकिन्छ ।
– नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो तथा गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा बिचार पुर्याउनु पर्दछ ।
– बिषालु च्याउको वरिपरि किराहरु नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरु देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् ।
– च्याउलाई कुखुराको अण्डा एबं दुधमा राख्दा केहि समय पश्चात दुध फाटेमा एबं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ ।
यी च्याउ जाँच्ने सामान्य बिधी मात्र हुन् । यसैका मात्र आधारमा विषालु हो वा होइन भनि छुट्याउन गारो हुन्छ यसका लागि अनुभव र बिज्ञता नै आबश्यक छ । तर गाँउघर जहाँ च्याउ संकलन गरिदै आएको छ त्यहाँ अलिकति भएपनि सहजता होस् भनेर यहाँ प्रस्तुत गरिएको हो ।

च्याउको विषबाट बच्न के गर्ने ?
– सकभर आफुले चिनेको र अभ्यस्त भएको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्रीवितरण गर्ने र खाने ।
– संकलन गर्दा वा भण्डारण गर्दा पलास्टिकको झोला, फलाम एबं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने नगुम्साउने ।
– सकभर दुई प्रजातिका फरक– फरक च्याउहरु सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।
उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।
– च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि बिरामी होशमै छ भने नुन पानी खाान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै बिधी अपनाउने ।
– परम्परागत रुपमा प्रयोग गरिदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ तर सबै भन्दा बुद्धिमानी छिटो भन्दा छिटो अस्पताल पुर्याउनु नै हो ।