खाली पेटमा लिची खाँदै हुनुहुन्छ सावधान !

Newslaya Home

खाली पेटमा लिची खाँदै हुनुहुन्छ सावधान !

मङ्गलबार १७, साउन २०७४

अहिले लिचीको सिजन छ । यो समयमा जताततै लिचीहरु पाईन्छ । तर, खाली पेट भने लिची खाँदा ज्यान जान सक्छ । खाली पेट लिची खाँदा यसअघि भारतको बिहारमा सैयौं बच्चाको अचानक मृत्यु भएको थियो । खाली पेट लिची खाँदा चक्कर आउने, आँखा खोल्न नसक्ने र मृत्यु हुने गरेको पाईएको छ ।
लिचीमा एक प्रकारको बिष ( हाइपोग्लिसिन) हुन्छ,। यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्ने काम गर्दछ । लिची खाँदा शरीरमा बिष पुग्छ र सुगरको मात्रा अचानक कम हदै जान्छ । यसरी शरिरमा सुगरको मात्रा कम हुनु नै मृत्युको कारण बन्न सक्छ ।
लिचीमा प्राकृतिक रुपले हाइपोग्लिसीन(ए र मथाईलेन्साइक्लोप्रोपाइलिगसीन नामको विषाक्त तत्व पाईन्छ । यसले शरीरमा फ्याटी एसिड मोटाबोलिज्म बनाउन रोक्छ । यसै कारण ब्लड सुगर लेभल कम हुने गर्दछ ।
यदि दिनमा केहि मात्रामा र खाना खाइसकेपछि लिचिी खाने हो भने फाइदा गर्छ । दिनमा १० वा १२ दाना भन्दा बढी लिची खानु हुँदैन ।

 लिची खानुका फाइदाहरु:

•  लिचीले बच्चाको शारीरिक विकासमा सहयोग पुग्छ ।
• लिचीको नियमित सेवनले शरीरमा क्यान्सर कोशिकालाई बढ्नबाट रोक्छ ।
•  लिचीले हाम्रो शरिर मालाग्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी गर्छ ।
•  दमका रोगीलाई लिची लाभदायक हुन्छ ।