मेस्सीले २ करोड ९६ लाख रुपैयाँ जरिवाना तिरे हुन्छ: स्पेन अदालत

Newslaya Home

मेस्सीले २ करोड ९६ लाख रुपैयाँ जरिवाना तिरे हुन्छ: स्पेन अदालत

मङ्गलबार १७, साउन २०७४

काठमाडौ । बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले जेल सजायको सट्टा जरिवाना तिरे हुने भएको छ । कर छलीको आरोपमा भोग्नु पर्ने २१ महिना जेल सजायको सट्टा जरिवाना तिरे हुने स्पेनको अदालतले फैसला गरेको छ । मेस्सीले जम्मा दुई लाख ५२ हजार युरो (दुई करोड ९६ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको हो । गएको वर्षको जुलाईमा स्पेनको एक अदालतले कर छलीको आरोपमा दोषी ठहर गर्दै मेस्सीलाई २१ महिना र उनका पितालाई १५ महिनाको जेल सजाय तोकेको थियो ।
मेस्सी र उनका पिता जर्ज सन् २००७ देखि २००९ सम्ममा कर छली गरेको आरोपमा दोषी भेटिएका थिए । मेस्सीका पिताले जल सजाय बापत एक लाख ८० हजार युरो तिर्नु पर्ने छ ।