चीनको फुटबल महासंघद्वारा विदेशी खेलाडीको किनबेचमा कडाइ

Newslaya Home

चीनको फुटबल महासंघद्वारा विदेशी खेलाडीको किनबेचमा कडाइ

मङ्गलबार १७, साउन २०७४

काठमाडौ । चिनको फुडबल महासंघले विदेशी खेलाडीको किनबेचमा कडाइ गरेको छ । पछिल्लो केही वर्षयता निकै मोटो रकम खर्चेर चीनका व्यवसायीक फुटबल क्लबहरुले विदेशी खेलाडीहरु भित्र्याउन थालेपछि त्यसमा महासंघले कडाई गरेको हो ।
घरेलु खेलाडीहरुलाई प्राथमिकतामा राख्न तथा महँगो मूल्यमा खरिद गर्ने प्रवृत्तिको अन्त्य गर्ने भन्दै चीनको फुटबल संघ (सीएफए)ले सीमा बनाएको हो । उक्त सीमा अनुसार ६६ लाख ३० हजार डलरभन्दा बढी रकम तिरेर विदेशी खेलाडी ल्याएको खण्डमा खरिद गर्ने क्लबले सोही रकम बराबरको रकम सीएफसी युवा कोषलाई तिर्नुपर्ने व्यवस्था गरेको छ ।
यो कर जुलाई १४ सम्म लागु हुने बताइएको छ । मोटो रकम खर्चेर युरोपेली क्लबबाट खेलाडीहरु किन्न थालेपछि फुटबलमा तरङ्ग फैलिएको थियो तर, यसले केही हदसम्म ठूला युरोपेली क्लबहरुलाई राहत मिलेको बताइएको छ ।