शानदार जितका साथ पोर्चुगल सेमिफाईनलमा

Newslaya Home

शानदार जितका साथ पोर्चुगल सेमिफाईनलमा

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डलाई ४–० ले हराउदै पोर्चुगल सेमिफाईनलमा प्रवेश गरेको हो । शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो ।
कप्तान बर्नाडो सिल्भा, क्रिष्टियानो रोनाल्डो, आन्ड्रे सिल्भा र नानीले गोल गरी आफ्नो स्थान सुरक्षित गरे । न्युजिल्याण्डसँगको खेलमा रोनाल्डोलाई आराम दिइने चर्चा रहेका थियो । तर उनले ३३औं मिनटमा सुरुवाती गोल गरे । उनले पेनाल्टी मार्फत गरेको गोलबाट पोर्चुगलले सुरुवाति अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि बर्नाडोले गोल गर्दै अग्रता दोब्बर पारे । ८० औं मिनेटमा आन्ड्रे सिल्भा तथा इन्जुरी समयमा नानीले गोल गरेपछि पोर्चुगल ४–० ले विजयी भयो ।
जितपछि पोर्चुगलले समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको छ । उसले समूह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरी गर्दै सात अंक जोड्यो । प्रतियोगितामा तीनै खेल गुमाएको न्युजिल्याण्डले कुनै पनि अंक नबटुलिकन घर फर्कियो ।