अब क्रिकेटमा पनि रातो कार्ड

Newslaya Home

अब क्रिकेटमा पनि रातो कार्ड

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । क्रिकेटरले मैदानमा गम्भीर गल्ती गरेमा एम्पायरले मैदान बाहिर पठाउन सक्ने भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको मुख्य कार्यकारी कमिटीले अनिल कुम्बले कमिटीको सिफारिस अनुसार क्रिकेट निययमा दुई ठूलो परिर्वतन ल्याउने निर्णय गरेको छ । क्रिकेटरले मैदानमा गल्ती गरेमा एम्पायरले रातो कार्ड देखाउँदै बाइर पठाउन सक्ने निर्णय गरेको जनाएको छ । यो अक्टोबर १ बाट लागू हुने बताइएको छ । एम्पायरले अब क्रिकटरले खेलका क्रममा मैदानमा खराब आचरण देखाए वा कुनै हिंसा गरेको भेटेमा खेलाडीलाई मैदान बाहिर पठाउन सक्नेछ । अम्पायरलाई धम्क्याएमा, अरु खेलाडी, अम्पायर, अफिसियल वा दर्शकमाथि आक्रमण गरेमा वा मैदानमा हिंसाजन्य अन्य कुनै काम गरेमा रातो कार्ड दिइने बताइएको छ ।