अखिल नेपाल फुटबल संघका पूर्वमहासचिव शाही प्रक्राउ

Newslaya Home

अखिल नेपाल फुटबल संघका पूर्वमहासचिव शाही प्रक्राउ

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । महाशाखाले खेलकुदका नाममा मानव तस्करी गरेको आरोपमा बिहीबार बिहान उनलाई पक्राउ गरेको हो । ।
प्रहरीले शाहीले मैत्रीपूर्ण खेलकुदमा खेलाडी बनाएर क्यानडा लैजाने र जागिरमासमेत लगाइदिने भन्दै एक करोडभन्दा बढी ठगी गरेको खुलासा भएको जनाएको छ ।
महाशाखाका एसपी श्याम ज्ञवालीले ठगी मुद्दामा अदालतबाट म्याद लिई उनीमाथि थप अनुसन्धान अघि बढाइएकोे बताए । खेलकुद प्रतियोगिताका नाममा उनले धेरै व्यक्तिलाई विदेश पठाएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले बताए ।