एएएफसी एसियन कप फुटबल २०१९ को छनौटमा नेपालले अंक बाड्यो

Newslaya Home

एएएफसी एसियन कप फुटबल २०१९ को छनौटमा नेपालले अंक बाड्यो

मङ्गलबार १७, साउन २०७४

काठमाडौ । एएएफसी एसियन कप फुटबल २०१९ को छनौट चरणअन्तर्गत यमनसँगको खेलमा नेपाल बराबरीमा रोकिएको छ ।
मंगलबार भएको खेलमा नेपालले गोल गर्ने केही सुन्दर मौका सिर्जना गरेपनि गोल गर्न भने सकेन र यमनसँग गोलरहित बराबरीमा रोकियो । बराबरीपछि समूह ‘एफ’ मा रहेको नेपाल र यमनले अंक बाँडेका छन् ।
एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । यसअघि गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । समूह ‘एफ’ मा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् ।
पहिलो खेलमा ताजकिस्तानलाई २–१ ले हराएको यमन मंगलबारको खेलमा नेपालसँग बराबरी गरेपछि दुई खेलबाट चार अंक जोड्न सफल भएको छ । नेपालको भने दुई खेलबाट एक अंक मात्रै भएको छ ।
सन् २०१९ को जनवरी ५ देखि फेब्रुअरी १ सम्म संयुक्त अरब इमिरेट्स ( युएई ) मा हुने एएफसी एसियन कपमा २४ टिमको सहभागिता रहनेछ । अहिलेसम्म प्रतियोगिताका लागि १२ टिम यसअघि नै छनौट भएका छन् ।