पाकिस्तान च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाइनलमा

Newslaya Home

पाकिस्तान च्याम्पियन्स ट्रफि क्रिकेटको सेमिफाइनलमा

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । गए राति भएको च्याम्पियनन्स ट्रफि खेलमा श्रीलंकालाई तीन विकेटले हराउदै पाकिस्तान सेमिफाइनलमा पुगेको छ ।

सोमबार भएको सो खेलमा जितका लागि पाएको २ सय ३७ रनको लक्ष्य पाकिस्तानले ३१ बल अघि नै ७ विकेट जाँदा भेट्टायो । पाकिस्तानलाई जिताउन सरफराज अहमदले ७९ बलमा ६१ रनको योगदान गरे । यस्तै अजहर अलिले ५० बलमा ३४ रन बनाए भने फखर जमानले ३६ बलमा ५० रन र मोहम्मद आमिरले ४३ बलमा २८ रन बनाए । श्रीलंकाका नुवान प्रदीपले तीन विकेटलिए । सुरङ्गा लकमाल, लसिथ मालिङ्गा र थिसारा परेराले एक एक विकेट लिए ।
टस हारेपछि ब्याटिङमा आएको श्रीलंका ४९ ओभर २ बलमा २ सय ३६ रन बनाउँदा अल आउट भयो । श्रीलंकाका निरोसान डिकवेलाले ८६ बलमा ७३ रन बनाए । एञ्जेलो म्याथुजले ५४ बलमा ३९ रन र सुरङ्गा लकमालले ३४ बलमा २६ रन बनाएका थिए । पाकिस्तानका जुनेद खान र हसन अलीले तीन तीन साथै मोहम्मद आमिर र फहिम अर्सफले दुई दुई विकेट लिए ।
पाकिस्तानले पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्याण्डसँग खेल्ने छ । त्यस्तै खेलको दोश्रो सेमिफाइनल भारत र बंगलादेशबिच बिहीबार हुने छ ।