नेपाली क्रिकेटरले एसियन प्रिमियर लिग नखेल्ने

Newslaya Home

नेपाली क्रिकेटरले एसियन प्रिमियर लिग नखेल्ने

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अनुमति नदिएसम्म नेपाली क्रिकेटरहरुले एसियन प्रिमियर लिग (एपीएल) क्रिकेट नखेल्ने भएका छन् एक निजी कम्पनीले आगामी असार ५ देखि काठमाडौंमा एपीएल गर्ने घोषणा गरेको छ । तर, विवादित बन्दै गएको छ । प्रतियोगितामा सहभागी टिम ‘नेपाल स्ट्रोम’ राखिएको छ तर, कप्तान यूएईका स्वप्निल पाटिल तोकिएको छ । नेपाली खेलाडीहरु को को खेल्ने भन्ने समेत आयोजक अल्टिमेट स्पोट्स म्यानेजमेन्टले बताएको छैन ।
आईसीसीको अनुमति नदिए नेपाली क्रिकेटरहरुले नखेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले बताए । प्रतियोगिताबारे आफूलाई कुनै जानकारी नभएको भन्दै टमाटाले ‘आईसीसीले खेलाडी रिलिज अनुमति नदिए प्लेयरहरुले नखेल्ने बताए ।’ यू(१९ टोलीका सदस्यहरुले यो लिग खेल्ने सम्भावना समेत न्यून रहेको छ । उनीहरु अहिले यू(१९ विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकाछन् ।
एसियन प्रिमियर लिगको कन्सेप्ट राम्रो भएपनि कानुनी प्रक्रिया पुरा भए नभएको महत्वपूर्ण हुने उनले बताए । यदि कानुनी प्रक्रिया पुरा नगरी हुने एसियन प्रिमियर लिगमा खेलाडीहरुमाथि प्रतिवन्धसम्म लाग्न सक्ने खतरा रहेने छ ।