विश्व कप छनोटमा इटालीको शानदार जित

Newslaya Home

विश्व कप छनोटमा इटालीको शानदार जित

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । गए राति भएको विश्वकप २०१८ को छनौट खेलमा इटालीले शानदार जित हासिल गरेको छ । खेलमा इटालीले लिचेस्टाइनलाई ५–० ले हराएको छ ।
युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको इटालीको जितमा लोरेन्जो इनसिग्ने, आन्द्रेया बेलोटी, एडर, फेडरिको बर्नार्डेस्ची र गाब्बियादिनीले गोल गरका थिए । खेलको ३५ औं मिनेटमा इनसिग्नेले गोल गर्दै पहिलो हाफमा १–० ले इटालीलाई अग्रता दिलाए ।
दोस्रो हाफमा बेलोटी र ७४ औं मिनेटमा एडरले गोल गरेपछि इटाली ३–० को को अग्रता लिएको थियो । बर्नार्डेस्ची र गाब्बियादिनीले ८२ औं मिनेटमा गोल गरेपछि इटाली ५–० ले जित हासिल गरेको हो ।
समूहको शीर्ष स्थानमा रहेको स्पेनसँग इटालीले जितसँगै अंक बराबरी समेत गरेको छ । इटालीको ६ खेलबाट १६ अंक प्राप्त भएको छ ।