एसियन प्रिमियर लिग नेपालमा हुने, असार ५ देखि सुरु

Newslaya Home

एसियन प्रिमियर लिग नेपालमा हुने, असार ५ देखि सुरु

मङ्गलबार १७, साउन २०७४

काठमाण्डौं । एसियन प्रिमियर लिग ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता यस वर्ष नेपालमा हुने भएको छ । एसियाका ६ वटा देशका टिम सहभागी हुने सो प्रतियोगिता असार ५ गते देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने भएको हो ।

प्रतियोगितामा जम्मा १९ वटा खेल हुनेछ । लिग चरणमा उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताका बिजेता तथा अन्य व्यक्तिगत पुरस्कारको नगद भारतिय रुपैयाँ पाउने छन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ । उपबिजेताले १० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
क्रिकेट कन्ट्रोल बोर्ड अफ चण्डीगढ पन्जाब (भारत)को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, दुबई, श्रीलंका, अफगानिस्तान र बंगलादेशका टोली सहभागी हुनेछन् ।

विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्न साथै क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ । त्यसै गरी प्रतियोगिताको प्रत्यक्ष प्रशारण भने सोनी सिक्स टेलिभिजनले गर्नेभएको छ ।