बास्केटवलमा तरहराको विजयी सुरुवात

Newslaya Home

बास्केटवलमा तरहराको विजयी सुरुवात

मङ्गलबार १७, साउन २०७४

धरान । पुर्वाञ्चल स्तरिय प्रथम सप्तरङ्गी बास्केटबल प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा तरहरा बास्केटबल क्लब विजयी भएको छ ।
सप्तरङ्गी बास्केटबल क्लव धरानको आयोजनामा धरान १७ स्थित सप्तरंङ्गी पार्कको बास्केटबल कोर्टमा भएको पहिलो खेलमा तरहराले आयोजक क्लब सप्तरङ्गी ए टिमलाई ४३–३२ अंकको अन्तरले पराजित गरेको हो । तरहराले प्रत्येक क्वाटरमा ७, १५, ११, १० जोडेका थिए भने सप्तरङ्गीले १२, २, १०, ८ अंक जोडेका थिए ।
पुर्वाञ्चलका १३ वटा टिमले प्रतिष्पर्धा गरिरहेको प्रतियोगितामा विजेताले नगद १५ हजार, उपविजेताले ८ हजार रुपैया नगद पुरस्कार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी मोस्ट भ्यालुएवल खेलाडीले एक हजार पाँच सय, उदयमान खेलाडिले एक हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक विकास राईले बताए । आइतबार ६ वटा क्लब बिच प्रतिष्पर्धा हुने भएको छ ।