श्रीलंकाद्वारा च्याम्पियन्स ट्रफीमा भारत पराजित

Newslaya Home

श्रीलंकाद्वारा च्याम्पियन्स ट्रफीमा भारत पराजित

मङ्गलबार १७, साउन २०७४

लण्डन । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको छ ।
गएराति इंग्ल्याण्डको लण्डनमा भारतले दिएको ३ सय २२ रनको चुनौती श्रीलंकाले खेलमा ८ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो । श्रीलंकाका लागि कुशल मेन्डिसले सावर्धिक ८९ रन जोड्दा धनुष्का गुनतिलकाले ७६ रनको योगदान दिएका थिए । यसैगरी एन्जेलो म्याथ्युजले अविजित ५२ रन तथा असेला गुनरत्नेले अविजित ३४ रन जोडेका थिए । कुशल परेराले रिटायर्ड हर्ट हुनुपूर्व ४७ रन जोडेका थिए । खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २१ रन जोडेको थियो ।
भारतका शिखर धवनले १ सय २५ रनको शानदार ईनिङ खेल्दा रोहित शर्माले ७८ रन तथा महेन्द्र सिंह धोनीले ६३ रनको योगदान दिएका थिए । श्रीलंकाको यो जितसँगै समूह बी बाट सेमिफाईनल प्रवेशको सम्भावना निकै रोचक बनेको छ । समूहका सबै चार टोली भारत, दक्षिण अफ्रिका, श्रीलंका र पाकिस्तानको समान २–२ अंक भएको छ । अन्तिम खेलपछि जुनसुकै टोली सेमिफाईनलमा प्रवेश गर्न सक्नेछ ।समूहको अन्तिम खेलमा भारत र दक्षिण अफ्रिका तथा पाकिस्तान र श्रीलंका भिड्नेछन् ।