डिप्रेशनका लक्षणहरु

Newslaya Home

डिप्रेशनका लक्षणहरु

मङ्गलबार १७, साउन २०७४

कुनै व्यक्तिको उदास, दुख्खी वा दिक्दारको अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ, अर्थात् यस्तो अनुभव कम्तीमा पनि दुई सातासम्म पनि यस्तो अनुभवले नछाडेमा डिपे्रशन भएको हुन सक्छ ।
डिप्रेसन भएको व्यक्तिमा मानसिक, शारीरिक र सामाजिक असरस्वरूप यस्ता लक्षणहरु देखा पर्छन् ।
–प्रायःजसो समय उदास, दुःखी र दिक्दार रहनु
–दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरूसँगको अन्तर– सम्बन्धमा रुचि कम भएर अरूबाट एक्लिनु वा एकान्तमा रहनु
–केही गर्ने जाँगर र आत्मविश्वास हराउनु
–सोच्न, सम्झन नसक्ने भएर जानु
–आफू बेकामे, बेसहारा र भविष्य अन्धकार भएको लाग्न थाल्नु
–सानातिना कुरामा अत्यधिक चिन्ता लाग्नु र छट्पटी हुनु
–बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु
–भोक कम वा ज्यादा हुनु, अनि त्यसै अनुसार तौलमा कमी वा वृद्धि हुनु
–निद्रा अक्सर कम हुनु (कसै–कसैलाई भने बढी हुनसक्छ) र बिहान बोधो महसुस हुनु
–यौन चाहना र तुष्टिमा कमी हुनु
–कव्जियत र महिनावारीमा पनि गडबड हुनु