स्वास्थ्य समस्याको बारेमा बताउँछ कानेगुजीले

Newslaya Home

स्वास्थ्य समस्याको बारेमा बताउँछ कानेगुजीले

मङ्गलबार १७, साउन २०७४

कानेगुजीले एमआरआई र एक्सरे नगरिकनै स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । त्यसैले यसलाई बेवास्ता नर्गनुस् ।
१. कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ ।
२. कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो । तर जवानीमै यस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ ।
३. व्यायाम गरेपछि कानमा अलिकति पसिना आउँछ । तर कानबाट लगातार पसिना चुहिन थाल्यो भने तत्काल चिकित्सकलाई भेट्नुस् किनकि तपाईंलाई कानको दीर्घरोग लागेको हुनसक्छ ।
४. कानेगुजी पहेंलो, हरियो, कालो वा सेतो भयो भने तपाईंको कानमा संक्रमण भएछ भनेर बुझ्नूपर्छ । कानेगुजीको प्राकृतिक रंग हल्का सुन्तला र गाढा खैरो हो ।
५. कानेगुजी कत्ले खालको भयो र तपाईंको कानको प्वाल सुक्खा भयो भने एक्जेमा रोग लागेको हुन सक्छ । तर चिन्ता नलिनुस्, यो उपचारले ठीक हुन्छ ।
६. कानेगुजी गनायो भने कानमा संक्रमण भएछ भनेर बुझ्नूपर्छ ।
७. कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिनू । यो केराटिटिस ओब्टुरान्स नामक रोगको लक्षण हुनसक्छ ।