९९ देशका कम्प्युटर प्रभावित हुनेगरी भयो साइबर आक्रमण

Newslaya Home

९९ देशका कम्प्युटर प्रभावित हुनेगरी भयो साइबर आक्रमण

मङ्गलबार १७, साउन २०७४

लण्डन । अहिलेसम्मकै ठूलो भनिएको साइबर आक्रमणका कारण विश्वका धेरै ठाउँका संघसंस्था प्रभावित भएका छन् । रानसमवेयरको प्रयोग गरेर विश्वका धेरै ठाउँका संघसंस्थाका कम्प्युटरमा साइबर आक्रमण भएको हो । यो अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले तयार पारेको अनुमान गरिएको छ ।
साइबर आक्रमणकारीले तीन सय अमेरिकी डलर बराबरको बिटकोइन माग गर्दै कम्प्युटर लक गरेका छन् । साइबर आक्रमणकारीले ह्याक भएका कम्प्युटरका फाइल फेरि पाउन पैसा खातामा जम्मा गरिदिन भनेका छन् भने पैसा नदिए फाइल नष्ट गरिदिने धम्की समेत दिएका छन् ।
गएको अप्रिलमा द स्याडो ब्रोकर्स् नामको ह्याकर समूहले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले बनाएको रानसमवेयर आफूले चोरी गरेर अनलाईन रिलिज गरेको बताएको थियो । माइक्रोसफ्टले मार्चमा ह्याक हुन जोगाउन प्याच जारी गरेको थियो । त्यो प्याच अपडेट नभएका कम्प्युटर बढी प्रभावित भएका छन् ।
अहिले भएको साइबर आक्रमणबाट बेलायत, अमेरिका, चीन, रुस, स्पेन, इटाली तथा ताइवानसहित ९९ देशका कम्प्युटर प्रभावित भएका छन् । अहिलेसम्म ७५ हजार भन्दा बढी उजुरी आएको छ । यो साइबर आक्रमण ठूलो रहेको साइबर–सेक्युरिटी फर्म एवास्टले जनाएको छ ।