प्लेन चढ्नेलाई ल्यापटप उपहार

Newslaya Home

प्लेन चढ्नेलाई ल्यापटप उपहार

मङ्गलबार १७, साउन २०७४

अमेरिका । टर्किश प्लेन चढ्नेहरुले अब ल्यापटप पाउने भएका छन् । अमेरिका र बेलायतका यात्रुलाई इलेक्ट्रोनिक उपकरण चलाउन प्रतिबन्ध लगाएकोले यात्रुहरुलाई समस्या हुने गरेको थियो । यस्तो समस्यालाई झेल्नु नपरोस् भन्दै टर्किश एयरलाइन्समा यात्रा गर्ने बिजनेस क्लासका यात्रुहरुलाई ल्यापटप दिने निर्णय गरेको हो ।
यात्रुको सुविधालाई मध्यनजर गर्दै एयरलाइन्सले केही देशका यात्रुलाई ल्यापटप उपलब्ध गराउने भएको हो । अमेरिकाले पश्चिमी एसियाका ७ देश र टर्कीबाट आउने विमानका यात्रीमाथि मोबाइल फोनदेखि ठूला इलेक्ट्रोनिक उपकरण ल्याउन प्रतिबन्ध लगाएको छ । धेरैजसो मुश्लिम बाहुल्यता भएका देशका यात्रुमाथि प्रतिबन्ध लगाएको हो ।
अमेरिकापछि बेलायतले पनि यस्तै प्रकारको प्रतिबन्ध लगाएको थियो । मध्यपूर्वी एसियाका ५ इस्लामिक देश, टर्की र उत्तरी अफ्रिकाबाट आउने यात्रुमाथि यस्तो प्रकारको प्रतिबन्ध लागू गरिएको थियो । यस्तो निर्णयको कारण यात्रीहरु मारमा परेका थिए । यात्रुहरुको सहुलियतलाई ध्यानमा राखेर टर्किश एयरलाइन्सले यात्राको क्रममा यात्रुहरुलाई ल्यापटप दिने व्यवस्था गरेको हो ।