फोनबाटै रोग र मौसमको विषयमा किसानलाई जानकारी

Newslaya Home

फोनबाटै रोग र मौसमको विषयमा किसानलाई जानकारी

मङ्गलबार १७, साउन २०७४

धनकुटा । धनकुटाका किसानले फोनबाटै पशुपंक्षि र बालीमा लागेको रोग मौसम अनुसारको खेती विषयमा जानकारी पाउने भएका छन् ।
कृषि बाली र पशुमा लागेको रोगको विषयमा किसानले मोबाइल एपको मद्दतबाट म्यासेज र इन्टरनेटमार्फत कृषि र पशु विज्ञबाट ती सुविधा पाउने भएका हुन् । आफूलाई परेको समस्या समाधानका लागि सिधै मन्त्रालयमा राख्ने र पानी मापन यन्त्रको सहयोगले मौसमको बारेमा जानकारी लिन सक्नेछन् ।
कृषि सम्बन्धी सूचना आदानप्रदान गरी कृषि क्षेत्रका समस्या समाधान गर्न कृषि प्राविधिकहरुको सहयोग हुने जिल्ला कृषि विकास कार्यालय प्रमुख भरत बिडारीले बताए । विश्व बैंकको आर्थिक सहयोगमा कृषि मन्त्रालयले धनकुटाका ४३ अगुवा कृषक समूहलाई सूचना आदनप्रदान गर्नको लागि मोबाइल वितरण गरेर समस्या आदनप्रदान सुरु गरेको हो । मन्त्रालयले १४ लाख १९ हजार मूल्य बराबरको ४३ वटा एनड्रोइड मोबाइल र ४३ वटा बर्षात्को पानी नाप्ने यन्त्र रेनगेज उपकरण बितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयका २६ वटा र पशु विकास कार्यालयका १७ वटा कृषक समूहलाई समाग्री वितरण गरेको बताईएको छ ।