एड्सको उपचार सम्भव

Newslaya Home

एड्सको उपचार सम्भव

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । एचआईभी एड्सको उपचार सम्भव भएको भएको छ । अमेरिकी वैज्ञानिकहरुले अब एड्सको उपचार हुन सक्ने दाबी गरेका छन् । अमेरिकी वैज्ञानिकहरुको एक टोलीले हालसालै मुसामा गरिएको एक सफल परीक्षणपछि संक्रमित मानिसमा पनि एचआईभीको उपचार सम्भव भएको उनीहरुले दावी गरेका हुन् ।

क्रिस्पर जीन–सम्पादन प्रविधिमार्फत विना संक्रमण मानिसको कोषिकाबाट एचआईभीको संक्रमण पूर्णतया हटाउन सकिने अमेरिकी वैज्ञानिकहरुको टोलीले निष्कर्ष निकालेको छ । क्रिस्पर क्यास् एउटा यस्तो विधि हो, जसबाट व्याक्टेरियामा पाइने डिएनएलाई सही तरीकाले सम्पादन गर्न सकिन्छ । टेम्पल विश्वविद्यालयअन्तगर्गतको लेविस केट्स स्कूल अफ मेडिसिन (एलकेएस्ओएम) र पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ह्युमन मोडेललाई समावेश गरेर उक्त विधिको विकास गरेका हुन् ।
‘अहिलेसम्म गरिएका अध्ययनमध्ये विस्तृतमा गरिएको उक्त अध्ययनमा हामीले जीन–सम्पादन रणनितिलाई अझै सुधार गरेका छौ । त्यसै क्रममा हामीले यो रणनिति मुसाको अन्य दुई समुहमा पनि प्रभावकारी भएको पाएका थियौ’ डा. हुईले भने ।

अनुसन्धानको क्रममा,मुसाहरुमा मावन प्रतिरोधी कोषिकालाई प्रत्यारोपण गरी उनीहरुमा एचआइभी संक्रमित गरिएको थियो । यो अनुसन्धानको क्रममा विभिन्न तन्तुका जिनबाट एचआइभी नष्ट गर्न उनीहरु यसअघि नै सफल भइसकेका थिए । यो अनुसन्धान एलकेएसओएमका डा।वेनहुई हुईको नेतृत्वमा सम्पन्न गरिएको छ । यो परीक्षणको क्रममा उनीहरु एचआइभी संक्रमित सबै टिस्युहरुबाट एचआइभी भाइरस हटाउन सफल भए ।मुसामा गरिएको सफल परिक्षण पछि संक्रमित मानिसमा एचआईभीको उपचार सम्भव भएको एक अध्ययनले जनाएको छ । दोश्रो चरणमा उनीहरुले कडा किसिमको एचआईभीद्धारा संक्रमित गराएका थिए । तेश्रो चरणमा उनीहरुले मुसाहरुलाई प्रयोग गरेका थिए ।
-एजेन्सीको सहयोगमा