एनसेलले हात पार्यो ‘टेलिकम एसिया अवार्ड

Newslaya Home

एनसेलले हात पार्यो ‘टेलिकम एसिया अवार्ड

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । एशिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड मानिने ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट एनसेल सम्मानित भएको छ ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड संचालकसँग सहकार्य गर्दै, सञ्चार तथा उर्जा सेवा पु¥याउन एनसेलले गरेको उत्कृष्ट प्रयासलाई सम्मान गदै टेलिकम एसियाले अवार्ड प्रदान गरेको हो । एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्ट अन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’, चाईना युनिकमको इन्टरनेट अफ थिङ्गस्मा आधारित स्मार्ट पार्किङ्ग र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडी पार्दै यो अवार्ड हात पार्न सफल भएको हो ।
बुधबार मलेसियामा आयोजित २० औं टेलिकम एसिया अवार्डस्को समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । अवार्ड एनसेलकी कर्पोरेट संवाद निर्देशक सञ्जु कोईरालाले लिएकि थिईन् ।