एनसेलले फोरजी सञ्चालन गर्न पाउने

Newslaya Home

एनसेलले फोरजी सञ्चालन गर्न पाउने

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । लामो समयदेखिको बिबादमा मुछिएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल प्रविधि (फोरजी) सेवा विस्तारको अनुमति पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार फोरजी सेवा विस्तार गर्नका लागि अनुमती दिएको हो ।

एनसेलले पहिला नेपालको सबै ग्रामिण स्थानमा थ्रीजी सेवा विस्तार गर्नुपर्ने सर्त राखेको छ । सो सर्त पछि मात्रै प्राधिकारणले फोरजी सेवा सञ्चालन अनुमति दिएको जनाएको छ । प्राधिकरणले प्रविधि तटस्थताको अनुमति दिएपछि हाल दिइरहेको थ्रिजी सेवालाई फोरजीमा रुपान्तरण गर्न पाउनेछ । हाल एनसेलले उपत्यका र मुख्य सहरबाहेकका स्थानमा टुजी सेवा दिइरहेको जनाएको छ।
प्राधिकरणका अनुसार फोरजी अनुमति पाएपछि एनसेलले हरेक महिनामा प्राधिकरणलाई कार्य प्रगति विवरण बुझाउनुपर्नेछ। प्रविधि तटस्थताको सेवा सञ्चालन र विस्तार गर्दला सेवाको गुणस्तर, सेवा सञ्चालन गर्ने क्षेत्रका सम्बन्धमा प्राधिकरणले समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ, त्यस्तो निर्देशन पालना गरनुपर्नेछ’ अनुमतिपत्रमा भनिएको छ ।
यसअघि एनसेल खरिदबिक्रीमा पुँजीगत लाभकर नतिरेको भन्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले बिक्रेता टेलियासोनेरासँग लाभकर नअसुली एनसेललाई फोरजी विस्तारको अनुमति नदिन सरकारलाई निर्देशन दिएको थियो। लेखा समितिको निर्देशनपछि एनसेलका ग्राहक फोरजी सेवा प्रयोग गर्नबाट बञ्चित हुँदै आएका थिए। अनुमति दिएसँगै प्राधिकरणले शुक्रबार एनसेललाई सेवा संचालन तथा विस्तारको विस्तृत कार्य योजना माग गरेको छ ।

एनसेलले नयाँ प्रविधि भित्राउन फोरजी फिक्वेन्सी मागेको ६ वर्ष पछि सरकारले फिक्वेन्सी दिने निर्णय गरेको हो । पहिलो पटक एनसेलले असोज २०६७ मा फोरजीका लागि प्राधिकरण समक्ष फिर्क्वेन्सी मागगरेको थियो । प्रविधि तटस्थता अन्तर्गत सेवा संचालनको पत्र प्राप्त गरेको स्विकार्दै प्राधिकरणले कार्य योजना मागेको एनसेलका कर्पोरेट कम्युनिकेशन विज्ञ मिलन शर्माले बताए ।