दुई अर्ब पुगे फेसबूक प्रयोगकर्ता

Newslaya Home

दुई अर्ब पुगे फेसबूक प्रयोगकर्ता

मङ्गलबार १७, साउन २०७४

काठमाडौं । फेसबूक प्रयोगकर्ताको संख्या दुई अर्ब पुगेको छ । प्रयोगकर्ताको संख्या वृद्धि भएपछि कम्पनीको नाफा बढेको छ ।
प्रत्येक महिना फेसबूक चलाउने मानिसको संख्या बढेर १ अर्ब ९४ करोड पुगेको छ भने लगभग एक अर्ब तीस करोडले दिनदिनै यसको प्रयोग गर्छन् ।
सन् २०१७ को पहिलो त्रैमासिकमा फेसबूकले तीन अर्ब डलरभन्दा बढीको मुनाफा गर्यो र वर्षको हिसाबमा यो ७६ प्रतिशतको वृद्धि हो । तर विज्ञापनबाट उठ्ने रेभेन्युमा कमी आउन सक्ने पनि फेसबूकले चेतावनी दिएको छ ।