कुन रोगका बिरामीले खानु हुँदैन आँप

Newslaya Home

कुन रोगका बिरामीले खानु हुँदैन आँप

मङ्गलबार १७, साउन २०७४

गर्मी महिनामा पाइने फल आँप बच्चादेखि बुढासम्म सबैले रुचाउछन् । आँप स्वास्थ्यको लागि पनि लाभदायीक मानिन्छ । तर, कतिपय रोग भएका मानिसहरुले आँप खानु उचीत हुँदैन । यस्तो रोग लागेमा आँप खानु हुँदैैन ।
१. डायबिटीज
डायबिटीजको समस्या भएका व्यक्तिहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।
२. पेटको समस्या
आँपमा फाइवरको मात्रा धेरै हुनाले शरिरमा गर्मी पैदा गर्छ । त्यसैले पेटको समस्या भएका मानिसहरुले आँप खानु हुँदैन ।
३. मोटोपन
आँपमा सुगर र क्यालोरी धेरै हुनाले मोटो मानिसहरुले पनि आँप खानु हुँदैन । यसका कारण झन् तौल बढ्ने गर्छ ।
४. एलर्जी
आँप छिटो पाक्न क्याल्सियम कार्वाइडको प्रयोग गरिन्छ । त्यसैले एलर्जी भएका मानिसहरुले आँप खानु हुँदैन जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।
५. मुटुको रोगी
आँपमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ ।
यसले मुटुमा समस्या गर्छ ।
६. अस्थमा
आँपमा एनाकार्डिक एसिड हुनाले अस्थमा भएका बिरामीहरुले आँप खानु हुँदैन । यसले सास लिन समस्या पैदा गर्छ ।
७. दाँत
आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पुर्याउने काम गर्छ ।
८. मुखको छाला जाने समस्या
आँपले शरिरमा गर्मी पैदा गर्छ । यसका कारण ओठमा छाला जाने समस्या देखिन्छ ।