फेसबुकले जागिर दिने

Newslaya Home

फेसबुकले जागिर दिने

मङ्गलबार १७, साउन २०७४

तीन हजार कर्मचारीलाई सामाजिक सञ्जाल फेसबुकले जागीर दिने भएको छ । फेसबुकले आफ्ना पेजहरुमा पोस्ट हुने घृणयुक्त भाषण, बालबालिकाको शोषण, आत्महत्या जस्ता सामाग्रीलाई निरुत्साहित गर्ने कामका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।
कम्पनीका मुख्य कार्यकारी मार्क जुकरवर्गले फेसबुकमा लाइभ भिडियोको माध्यमबाट मानिसले आफूलाई नोक्सान पुर्याएको देख्दा निकै दुखी भएको बताएका छन् । उनका अनुसार यस्तो भिडियोका बारेमा रिपोर्ट गर्ने प्रकिया सहज बनाउनेछ ।
जुकरबर्गले ४ हजार ५ सय मोडरेटर पहिलादेखिनै भएको र नयाँ कर्मचारीले आपत्तिजनक कन्टेन्टमा चाढैं कदम उठान सकुन् भन्नका लागि कर्मचारी थप गर्न लागेको जनाएका छन् ।