आँखाको तेज बढाउने घरेलु उपाय

Newslaya Home

आँखाको तेज बढाउने घरेलु उपाय

मङ्गलबार १७, साउन २०७४

लगातार घण्टौसम्म काम गर्नाले, निद्रा पुरा नहुनाले तथा धेरैबेर सम्म मोवाइल कम्प्युटरमा बसिरहनाले आँखा कमजोर हुँदै जान्छ । जसकारण सानै उमेरमा देखि चस्मा लगाउनु पर्ने बाध्यता हुन्छ । तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, जसको प्रयोगले आखाको तेज बढ्दै जान्छ ।
१. बदाम— ६–७ दाना बदाम राति पानीमा भिजाएर राख्नुस । यसलाई हरेक दिन विहान नियमित रुपमा खाने गर्नाले आँखालाइ फाइदा गर्दछ ।
२. त्रिफला—अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आँखा सफा गर्नाले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।
३. गाजर—गाजरमा भिटामिन वि र सी पाइने भएकाले नियमित रुपमा गाजर सेवन गर्नाले तथा यसको जुस पिउनाले आँखाको ज्योति बढ्दै जान्छ ।
४. सर्स्युं—सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आँखाका मांसपेशीलाई बलीयो बनाउदछ ।
५. ग्रीन टि—दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनाले यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आँखालाई स्वस्थ राख्दछ ।
६. अमला—सुकाएको अमलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आँखा सफा गर्नुस् । यसो गर्नाले आँखा स्वस्थ रहन्छ ।
७. घिउ—घिउले आँखी भौ तथा कन्चडतिर ५ १० मिनेट मसाज गर्नाले आँखाको तेज बढ्दै जान्छ ।
८. जीरा—जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आँखाको ज्योति बढाउछ ।
९. हरियो साग—रायो, मेथि, पालुङ्गो लगायतका हरियो सागपात खानाले आँखाको तेज बढ्दै जान्छ ।
१०. आँखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाब जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आँखा स्वस्थ रहन्छ ।