फेरि तताएर नखानुहोस् यी खानेकुराहरु

Newslaya Home

फेरि तताएर नखानुहोस् यी खानेकुराहरु

मङ्गलबार १७, साउन २०७४

इटहरी । व्यस्त जीवनशैलीमा हामी धेरैजसो कि बाहिरको खाना खान्छौ, कि त घरमै भएका खाना सेलाएपछि तताएर खान्छौँ वा दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौं । तर, के तपाईलाई थाहा छ, कुनै – कुनै खानेकुरा सेलाएपछि तताएर खाएमा स्वास्थ्यलाई हानि गर्छ ?यदि तपाईं त्यसो गर्दै हुनुहुन्छ भने यि कुरामा ध्यान दिनुहोस् :
आलु – आलुलाई दोहोर्याएर तताएमा त्यसमा भएको सबै पोषक तत्व नास हुने मात्र होइन यसले तपाईको शरीरलाई पनि असर पार्छ ।
चामल (भात)  – काँचो चामलमा किटाणु हुन्छन् र पाकेपछि ति सबै मरेर जान्छन् । तर, पाकेको चामल सेलाएपछि फेरि बढ्न थाल्छन् र फेरि तताए पनि मर्दैनन् ।
पालुंगो साग – पालुंगोको सागलाई पनि दोहोर्याएर तताएमा यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ ।
मासु – कुनै पनि प्रकारको मासुजन्य खानेकुरालाई तताएर खान हुँदैन । यसो गरेमा विष बन्छ र तपाई बिरामी पर्न सक्नुहुन्छ ।
च्याउ – च्याउलाई कहिल्यै दोहोर्याएर तताएर खाने नगर्नुहोस् । यसो गर्नु तपाईको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।