सार्वजनिक सवारीको भाडा फेरि बढ्ने

Newslaya Home

सार्वजनिक सवारीको भाडा फेरि बढ्ने

सोमबार १६, साउन २०७४

काठमाडौं । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ ।
विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन् ।

विभागका अनुसार समितिले भाडा समायोजनका लागि तीव्र गतिमा प्रतिवेदन तयार गरिरहेको छ । गोरखापत्र दैनिकबाट