उत्तर कोरिया र अमेरीका बीच द्वन्द्व चर्कियो

Newslaya Home

उत्तर कोरिया र अमेरीका बीच द्वन्द्व चर्कियो

सोमबार १६, साउन २०७४

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग ठूलै द्वन्द्व पर्न सक्ने बताएका छन् ।
सैन्य कारवाहीलाई स्थगित नगरिकनै ट्रम्प र ट्रम्पको प्रशासनले उत्तर कोरियामाथि थप नयाँ आर्थिक प्रतिबन्ध लगाएर संकट समाधान हुने समेत ट्रम्पले बताए ।
ट्रम्पले कूटनीतिक तवरले कुरा मिलाउन चाहेको तर कुरा मिल्न गाह्रो भएको बताए । अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली थाडको खर्च दक्षिण कोरियाले उठाउनुपर्ने कुरा पनि ट्रम्पले राखे । यसको मूल्य करीब एक अर्ब डलर हुनसक्ने ट्रम्पको अनुमान छ ।
सिउलसँग व्यापारमा घाटा भइरहेको कारण ट्रम्प खुल्ला व्यापार सम्झौतालाई पुनः सम्झौता गर्न वा खारेज गर्न चाहेको बताउँछन् ।