ट्रम्पले बजेट पाएनन् अमेरिका–मेक्सिको पर्खाल बनाउन

Newslaya Home

ट्रम्पले बजेट पाएनन् अमेरिका–मेक्सिको पर्खाल बनाउन

सोमबार १६, साउन २०७४

काठमाडौं । अमेरिका र मेक्सिको बीच पर्खाल लगाउने बजेट पारीत नभएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निराश भएका छन् । अमेरिकी काँग्रेसबाट यही शुक्रबारभित्र पारित गरि सक्नुपर्ने सो खर्च विनियोजन विधेयकमा मेक्सिको पर्खालको खर्च समावेस गरे विपक्षी डेमोक्रेट्स पार्टीले प्रतिरोध गर्ने र विधेयक रोक्ने चेतावनी दिएको थियो ।
डेमोक्रेटिक पार्टीले यस विषयलाई प्रतिरोध गरेपछि ट्रम्पले आउँदो सेप्टेम्बरसम्मका लागि यो योजना स्थगित गरेका हुन् । विनियोजन विधेयकमा मेक्सिको पर्खालको खर्च समावेस गर्दा विपक्षीको विरोधका कारण संघीय सरकारलाई जाने बजेट नै रोकिने र खर्च गर्न नपाउने खतरा हुने बताइएको छ ।
ट्रम्पले आफ्नो प्रशासनको १०० औं दिनको अवसरमा आइपर्ने खतरा टार्ने उपायस्वरुप यो निर्णय गरेका हुन् । मेक्सिकोको सीमा पर्खाल लगाउने विषय राष्ट्रपति चुनाव अभियानका बेला ट्रम्पको प्रमुख चुनावी प्रतिबद्धता थियो ।