सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

Newslaya Home

सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

सोमबार १६, साउन २०७४

कश्मिर । फेसबुक, ट्वीटर, वाट्सयाप, भाइबर लगायतका दर्जनौं बढी सामाजिक सञ्जालको प्रयोग भारतले शासन गर्दै आएको जम्बु र कश्मिरमा प्रतिबन्ध लगाइएको छ। जम्बु र कश्मिर सरकारको गृह विभागले बुधबार सूचना जारी गर्दै एक महिनाका लागि सामाजिक सञ्जाल चलाउन नपाउने बताएको छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका अभिव्यक्ति र तस्बिरले युवाहरुलाई भड्काउने गरेको भन्दै सरकारले यी साइटमा प्रतिबन्ध लगाएको बताएको छ। यो महिनाको सुरुमा भएको उपनिर्वाचनपछि कश्मिरको अवस्था तनावग्रस्त बनेको छ ।
पछिल्ला दिनमा बुर्काधारी कलेजकी छात्राहरुले पनि प्रहरीलाई ढुंगा हानेका तस्बिरहरु सामाजिक सञ्जालमा चर्चित भर्इरहेका छन् ।