अमेरिकामा दुई नेपालीको मृत्यु

Newslaya Home

अमेरिकामा दुई नेपालीको मृत्यु

सोमबार १६, साउन २०७४

अमेरिका । अमेरिकामा भएको दुई दुर्घटनामा दुईजना नेपाली युवाको मृत्यु भएको छ । गत साता क्यालिफोर्नियामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको हो ।
यस्तै शनिबार मिनिसोटामा अर्का नेपाली विद्यार्थीको पनि नदीमा डुबेर मृत्यु भएको छ । उत्तरी राज्य मिनिसोटाको साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापाको शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो । मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाका अनुसार उच्च शिक्षाका लागि उनी सन् २०१५ अगष्टमा अमेरिका आएका थिए । उनी हस्पिटालिटी मेनेजमेन्ट अध्ययन गर्न अमेरिका आएका हुन् ।
लमजुङको सुन्दरबजार–३ भोटेओढार घर भएका २० वर्षिय थापाको शवलाई पोस्टमार्टका लागि स्थानीय अस्पतालमा राखिएको छ । शनिबारदेखि नदीमा डुबेर हराइरहेका उनको शव आइतबार बिहान भेटिएको थियो ।
यस्तै गत सोमबार क्यालिफोर्नियाको डेभिस नजिकै बागलुङ घर भएका २० वर्षीय निराजन पुनको सडक दुर्घटनामा मृत्यु भएको थियो । दुई वर्ष अघि अण्डर–१९ फुटबल खेल्न अमेरिका आएका पुन यतै बसेका थिए । उनी स्थानीय रेस्टुराँमा काम गर्थे ।