हीरा व्यापारीले दिए उपहार, १२५ कामदारले पाए स्कुटी

Newslaya Home

हीरा व्यापारीले दिए उपहार, १२५ कामदारले पाए स्कुटी

सोमबार १६, साउन २०७४

गुजरात । हीरा ब्यापारी लक्ष्मीदास वेकारिया एक पटक फेरी चर्चामा आएका छन् । लक्ष्मीदासले आफ्नो १२५ जना कामदारहरुलाई उपहार स्वरुप स्कुटी दिएका छन् । लक्ष्मीदासले कामदारहरुको काम प्रति खुशी भएर स्कुटी दिएका हुन् ।
स्कुटी वितरणका क्रममा एउटा ठुलो कार्यक्रम आयोजित गरीएको थियो । प्रत्येक स्कुटीमा तिरंगा लगाइएको थियो । लक्ष्मीदासले २०१० मा हीरा तराशनेको फैक्ट्री शुरु गरेका थिए । गुजरातमा हीरा व्यापारी गर्ने लक्ष्मीदास मात्र छैनन् यस्ता थुप्रै छन् । जसले लक्ष्मीदाससँग प्रतिस्पर्दा गरीरहेका छन् ।