उत्तर कोरियालाई कसैले छुन सक्दैन !

Newslaya Home

उत्तर कोरियालाई कसैले छुन सक्दैन !

सोमबार १६, साउन २०७४

एक युरोपेली नागरिकले उत्तर कोरियालाई कसैले छुन नसक्ने दाबी गरेका छन् । उत्तर कोरियाको शक्तिमाथि आशंका भइरहेका बेला उत्तर कोरियाकासँग निकट मानिएका एक स्पेनिस नागरिकले तीनवटा बमले संसारलाई ध्वस्त बनाउन सक्ने शक्ति उत्तर कोरियासँग रहेको खुलासा गरेका हुन् । ति व्यक्तिले स्पेनको एक वेवसाइटलाई अन्तर्वार्ता दिँदै उत्तर कोरियाबारे यस्तो खुलासा गरेका हुन् । अन्तर्वार्तामा उनले उत्तर कोरियालाई कसैले छुन नसक्ने दाबी समेत प्रस्तुत गरेका छन् । उनले उत्तर कोरिया एक आदर्श राज्य रहेको भन्दै प्रशंसा समेत गरेका छन् ।
उत्तर कोरियाले आइतबार मात्र अमेरिकाले धावा बोले उसका युद्धपोतलाई समुन्द्रमा डुबाइदिने चेतावनी समेत दिइसकेको छ । अमेरिकाले आफ्ना एयरक्राफ्ट युएसएस कार्ल विन्सन पश्चिमी प्रशान्त महासागरमा पठाए लगत्तै उत्तर कोरियाले यस्तो धम्की दिएको हो ।