फ्रान्सको राष्ट्रपतिका लागि दुईजना छानिए

Newslaya Home

फ्रान्सको राष्ट्रपतिका लागि दुईजना छानिए

सोमबार १६, साउन २०७४

फ्रान्समा पहिलो चरणको राष्ट्रपतीय चुनाव सम्पन्न भएको छ । पहिलो चरणको चुनावमा राष्ट्रपतिका लागि ११ जना मैदानमा रहेकामा अब दुई जना छनौटमा परेका छन् । पहिलो चरणको चुनावबाट शीर्ष दुईमा परेका मध्यपन्थी इम्यानुएल म्याकरोन र नेसनल फ्रन्टकी मारिन ल पेन छानिएका छन् । म्याकरोन पहिलो नम्बरमा र पेन दोस्रो स्थानमा रहेको बीबीसीले जनाएको छ । पहिलो र दोस्रो स्थानमा रहेका म्याकरोन र पेनबीच आगामी मे ७ तारिखका दिन दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणको मतदानमा म्याकरोनले २३ दशमलव ७ प्रतिशत र पेनले २१ दशमलव ७ प्रतिशत मत पाएका छन् । अधिकांश उम्मेदवारले युरोप, आप्रवासन, अर्थतन्त्र तथा फ्रान्सको पहिचानबारे नयाँ दृष्टिकोण पेस गरेका थिए ।