अनावश्यक विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको निर्देशन

Newslaya Home

अनावश्यक विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको निर्देशन

सोमबार १६, साउन २०७४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न नवनियुक्त मुख्य सचिवलाई निर्देशन दिएका छन् । दुई महिनामा सरकारका तीन दर्जनभन्दा बढी सचिवसहित साढे १४ सय कर्मचारी अनावश्यक विदेश भ्रणमा गएको विषयमा समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले अनावश्यक भ्रमण रोक्न मुख्य सचिव क्षेत्रीलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले अनावश्यक विदेश भ्रमण रोक्न, कुनै पनि कर्मचारी विदेश भ्रमणमा जाँदा उसको कार्यालयसँग राय सुझाव लिन, भ्रमण मुलुकी प्रशासनको हितमा छ छैन भन्ने तर्फ पनि ध्यान दिन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सचिवहरुको विदेश भ्रमण अनावश्यक र असम्बन्धित विषयमा भएको पत्रपत्रिकामा आएपछि त्यसप्रति चासो देखाएका छन् ।
मुख्य सचिव क्षेत्रीले आफ्नो पद बहाली कार्यक्रमलाई सम्बोधनबाटै सचिवहरुलाई विदेश भ्रमण नगर्न र आफू मातहतका मन्त्रालयबाट नपठाउन निर्देशन दिएका छन् । बिहीबार बिहान मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको थियो। आजै दिउँसोदेखि पद सम्हाल्दै उनले सचिवहरुलाई विदेश सयर बन्द गर्न भनेका हुन् ।
नागरिक दैनिकबाट