कार्यालय आउनै छाडे एलडिओ

Newslaya Home

कार्यालय आउनै छाडे एलडिओ

सोमबार १६, साउन २०७४

महोत्तरी । जिल्ला समन्वय समिति महोत्तरीका स्थानीय विकास अधिकारी युवराज पौडेल बस्ने कायएकक्षभित्र रहेको कुर्सी अचेल खाली देखिन्छ । अन्य दिन सेवाग्राही, राजनीतिकर्मी र एनजिओकर्मीले भरिभराउ हनुने उनको कार्यकक्ष सुनसान छ । कार्यकक्षबाहिर रहेको नेम प्लेटमा कार्यालय प्रमुख बाहिर रहेकोसंकेत नफेरिएको एक साता भइसक्यो ।

आर्थिक वर्ष सकिन लाग्दा स्थानीय विकास अधिकारी पौडेल कार्यालय आउन छाडेपछि अत्यावश्यक काम लिएर एलडिओलाई भेट्न आउने सेवाग्राही त्यतिकै फर्कने गरेका छन् ।
पौडेल कार्यलय नआए पनि समन्वय समितिको चेक काट्ने, फाइल सदर गर्नेलगायतका काम भने रोकिएको छैन । आर्थिक वर्षका अन्त्यमा सेवाग्राहीको भीड बढ्ने र योजना बाँडफाँड गदौ कमिसनको कुरा कार्यालयमा बसेर गर्न नमिल्ने भएकाले एलडिओ पौडेल एक सातादेखि कार्यालय आउन छाडेको समन्वय समिति महोत्तरीकै कर्मचारीहरु बताउँछन् । -नागरिक पूर्वेलीबाट