राष्ट्रपतिलाई गाडी खरिद गर्न १६ करोड माग

Newslaya Home

राष्ट्रपतिलाई गाडी खरिद गर्न १६ करोड माग

सोमबार १६, साउन २०७४

काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ ।
त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँ मागेको छ ।
राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ । सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यो निष्कर्ष निकालेको बताइएको छ ।
राष्ट्रपतिके सवारीका लागि सेनाले कुन कम्पनी र कुन मोडलका कार खरिद गर्न चाहेको हो त्यो भने स्पष्ट भएको छैन । प्रस्तावित कार खरिद गरिए त्यो राष्ट्रपतिले चढ्ने कार चिनियाँ, रुस राष्ट्रपति र इसाई धर्मगुरु पोप फ्रान्सिसले चढ्ने कारभन्दा महंगो हुनेछ ।
नागरिक दैनिकबाट