करेसाबारी तालिम

Newslaya Home

करेसाबारी तालिम

बिहीबार १२, साउन २०७४

विराटनगर । मोराङको लखन्तरीमा करेसाबरी व्यावस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । ग्रामिण महिलालाई करेसाबारी व्यावस्थापन गर्न सिकाउने उद्देश्यले विराटनगरस्थित नारी विकास संघले एक्सन एडको सहकार्यमा तलिम आयोजना गरेको हो । करेसाबारीमा सागसब्जी उत्पादन गर्ने विधि, घरेलुमल बनाउने तरिका कुन मौषमा कस्तो सब्जी लगाउनेजस्ता विषयमा तालिममा सहभागी भएको नारी विकस संघकी कार्यक्रम अधिकृत सरिता अधिकारीले बताइन् । नागरिक दैनिक