एमालेका २० नेता कारबाहीमा

Newslaya Home

एमालेका २० नेता कारबाहीमा

आइतबार १५, साउन २०७४

सल्यान । स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै एमालेका २० जना नेता कारबाहीमा परेका छन् । पार्टीले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरासहितका नेतालाई कारवाही गरेको हो ।
शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवनप्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी कारबाहीका लागि पार्टी केन्द्रीय कार्यालय र अनुशासन विभागमा सिफारिस गरिएको पत्रकार सम्मेलनमा जनाएको छ ।
यस्तै लेखा समितिका संयोजक सन्तोष राई तथा जगत न्यौपाने, सुशीला गिरी, ज्ञानप्रकाश शर्मा, काले सार्की, मोहनलाल कुँवर र जीवनसिंह ठकुरीलाई भने साधारण सदस्यता नरहने गरी कारबाही गरिएको एमाले जिल्ला अध्यक्ष गोविन्दबहादुर पुनले जानकारी दिए ।
एमाले सल्यानले स्थानीय तहको निर्वाचनमा शारदा नगरपालिका–३ बाट वडाध्यक्षमा निर्वाचित टोपबहादुर थापालाई पनि स्पष्टीकरण सोध्ने भएको छ । पार्टी नीति र विधि विपरीत गएर आफूले मात्र जित्न भूमिका खेलेको भन्दै स्पष्टीकरण सोध्ने भएको हो ।