सुरक्षाका दृष्टिले तेह्रथुममा १३ मतदान स्थल संवेदनशिल

Newslaya Home

सुरक्षाका दृष्टिले तेह्रथुममा १३ मतदान स्थल संवेदनशिल

आइतबार १५, साउन २०७४

तेह्रथुम । तेह्रथुममा १३ वटा मतदान स्थल संवेदनशील रहेको घोषणा गरिएको छ । स्थानीय तहको चुनावमा सुरक्षाका दृष्टिले सुरक्षा समितिले जिल्लाभरका विभिन्न गाउँका १३ मतदानस्थल संवेदनशील रहेको घोषणा गरेको हो । घोषणा सँगै समितिले छुट्टै सुरक्षा रणनीति समेत बनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार लालीगुराँस नगरपालिकाका जनजागरण आधारभूत विद्यालय र सिंहवाहिनी मावि मतदान केन्द्र, फेदाप गाउँपालिकाका पञ्चकन्या मावि र सिद्धगणेश मावि मतदान केन्द्रलाई संवेदनशिल मतदानस्थलको रुपमा घोषणा गरिएको छ । अन्य मतदान स्थलमा मेन्छ्यायेम गाउँपालिकाका शारदा मावि, कालिका आधारभूत विद्यालय र जनप्रिय मावि मतदान केन्द्र संवेदनशील रहेका छन् ।
यस्तै फेदाप गाउँपालिकाका पन्चकन्या आधारभूत विद्यालय, सिद्धकाली मावि जौँबारी र पञ्चकन्या आधारभूत विद्यालय मतदान केन्द्र पनि संवेदनशील रहेको राईले बताए । आठराई गाउँपालिकाका कालिका मावि, महेन्द्र मावि र गाविस भवन मौलेडाँडा मतदातस्थल सुरक्षाका दृष्टिले संवदेनशील घोषणा गरिएको छ ।
बाँकी ४४ वटा मतदान स्थलहरुको अवस्था भने सामान्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका तेह्रथुममा ५७ स्थानमा ८५ वटा मतदान केन्द्र रहेका छन् ।