मतदाता शिक्षा प्रभावकारी नहुदा मतदाता अन्यौलमा

Newslaya Home

मतदाता शिक्षा प्रभावकारी नहुदा मतदाता अन्यौलमा

आइतबार १५, साउन २०७४

खोटाङ । दोस्रो चरणको निर्वाचनका लागि खोटाङ जिल्लामा सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । खोटाङका गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो ।

जिल्लामा सञ्चालित नमूना मतदान कार्यक्रममा धेरैजसो मतदता अन्यौलमा परेका छन् । जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको सो कार्यक्रममा ४३ सहभागी मध्ये ११ जनाको मत बदर भएको भेटिएको छ ।
मतपत्र लामो भएका कारण कार्यक्रममा सहभागी ज्येष्ठ नागरिक मतहाल्ने क्रममा अलमलमा परेका थिए । कतिपय सहभागीहरुले स्वस्तिक चिह्नको सदुपयोग गर्न नजान्दा दोहो¥याएर छाप हालेको पाइएको छ ।
सहभागीहरुले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, पर्यवेक्षक लगायतसँग जानकारी लिएपछि मात्र नमुना मतदान गरेका थिए । सहभागीहरु मतपेटिकामा मतपत्र खसाउने क्रममा समेत अलमलमा परेका थिए ।
गत वैशाख १ गतेदेखि सञ्चालन गरिएको मतदाता शिक्षाका लागि जिल्लामा १७५ जनास्वयम्सेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।