संघीय गठबन्धनले स्थगित गर्यो आमहड्ताल

Newslaya Home

संघीय गठबन्धनले स्थगित गर्यो आमहड्ताल

आइतबार १५, साउन २०७४

काठमाडौं । राष्ट्रिय जनता पार्टी सम्मिलित संघीय गठवन्धनले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राजपाका अध्यक्ष मण्डलको बैठक बसिरहेको छ भने संघीय गठवन्धनको बैठक पनि बोलाइएको छ । राजपाका महासचिव मनिष सुमनले १७, १८ र १९ को आन्दोलन स्थगित गरिएको जानकारी दिएका छन् । गठवन्धनले बुधबार मसाल जुलुस प्रदर्शन गर्ने र बिहिवार र शुक्रबार तराई मधेस थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा यस अघिनै गरेको थियो ।
सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव राजपालाई सहभागी गराउने भन्दै असार १४ गतेलाई सारेको छ ।
तर, राजपाले भने चुनावमा सहभागी हुने प्रतिवद्धता जनाएको छ्रन । चुनावको वातावरण बनाउन उसले माग गर्दै आएको छ ।