मतपत्र च्यात्ने जो भए पनि कारबाही हुन्छः प्रचण्ड

Newslaya Home

मतपत्र च्यात्ने जो भए पनि कारबाही हुन्छः प्रचण्ड

आइतबार १५, साउन २०७४

काठमाडौं । चितवनको भरतपुरमा मतपत्र च्यात्ने जो कोही भए पनि कारबाही हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । निर्वाचन आयोगको अनुगमन टोलीले दिएको प्रतिवेदन अनुसार सरकार अघि बढ्ने प्रचण्डले बताए ।
बुधबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मतपत्र च्यात्ने व्यक्ति माओवादीकै भए पनि कारबाही हुने बताए ।
गत जेठ १५ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणना भइरहेको बेला परिणामप्रति असन्तुष्ट पक्षले मतपत्र च्यातेको थियो । एमाले र माओवादीले एकअर्कालाई मतपत्र च्यातेको आरोप लगाउँदै आएका छन् । प्रहरीले मतपत्र च्यातेको भन्दै माओवादीका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन तयार पार्न निर्वाचन आयोगले अनुगममन टोली गठन समेत गरेको छ । मंगलबार भरतपुरको घटना बुझेर अनुगमन टोली राजधानी फर्किसकेको छ ।
प्रचण्डले बैठकमा भने, ‘सायद अनुगमन समितिको प्रतिवेदन आज आउँछ होला । त्यसले जे भन्छ त्यसैअनुसार गरिन्छ । जो दोषि हो त्सलाई कारबाही गरिन्छ ।’