दोस्रो चरणको निर्वाचन असार १४ गते

Newslaya Home

दोस्रो चरणको निर्वाचन असार १४ गते

बिहीबार १२, साउन २०७४

काठमाडौ । सरकारले दोस्रो चरण अन्तरगत असार ९ गते हुने भनिएको स्थानीय निर्वाचनको मिति फेरि सारेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चुनाव असार १४ गते गर्ने निर्णय गरेको हो ।
जेष्ठ ३१ गते तोकिएको निर्वाचन सोमबारको मन्त्रिपरिषद् बैठकले असार ९ गते सार्ने निर्णय गरेको थियो । असार ९मा मुस्लिम धर्मालम्बीको रमजान परेको भन्दै सरकारले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति सारेको हो ।
निर्वाचन असारको दोस्रो साता गर्ने तयारी भएसँगै मधेसकेन्द्रित दललाई पनि सहमतिमा ल्याउन अब सहज हुने बुझाई सत्तारुढ दलको छ । दोस्रो चरणमा प्रदेश १, २, ५ र ७ का ४१ जिल्लामा निर्वाचन हुनेछ ।