निर्वाचन शिक्षा सडकमा

Newslaya Home

निर्वाचन शिक्षा सडकमा

बिहीबार १२, साउन २०७४

लहान । सिराहमा निर्वाचन आयोग र राष्ट्रिय नाचघर काठमाडौंले निर्वाचन शिक्षा सम्बन्धि सडक नाटक देखाएको छ । सो नाटकको विषयवस्तु चुनावी गतिविधिमा केन्द्रित थियो ।

महिलाहरूलाई कसरी बढी भन्दा बढी मतदानमा सहभागी गराउने , महिलाहरूले नै महिला उम्मेद्धारलाई कसरी प्रोत्साहान गर्ने जस्ता सन्देश नाटकले दिएको थियो । त्यसैगरी, मतदान गर्ने प्रकृया, कसरी मतदान गरे मत सदर र बदर हुन्छ भन्ने सन्देश नाटकमा देखाएको थियो ।
सडक नाटकले चुनावमा भोटका लागी दिने झुटो आश्वासन र प्रलोभनमा नपरी विकासप्रेमी, आफ्ना कुरा सुन्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने उम्मेद्धारलाई मात्र मतदान गर्नुपर्छ भन्ने सन्देश समेत जनसमाजमा दिएको कलाकारहरुले बताएका छन् ।