भक्तपुरको चाँगुनारायणमा एमाले विजयी

Newslaya Home

भक्तपुरको चाँगुनारायणमा एमाले विजयी

बिहीबार १२, साउन २०७४

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । चाँगुनारायणको मेयरमा एमालेका सोम मिश्र ८५१२ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम खड्काले ६८६९ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा एमालेकै बिना बास्तोला ८७७९ मत प्राप्त गरि विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरु बानियाँले ७४७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिकाका ९ मध्ये ७ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । चाँगुनारायण नगरपालिकाको मत परिणामसँगै भक्तपुरका सबै चार नगरपालिकाको निर्वाचन प्रक्रिया टुंगिएको छ । जिल्लाका ४ मध्ये ३ नगरपालिका जितेर एमाले भक्तपुरको सबैभन्दा ठूलो दल बन्न सफल भएको छ ।