पूर्वमा पनि सुरु भयो कांग्रेस र एमालेको झडप

Newslaya Home

पूर्वमा पनि सुरु भयो कांग्रेस र एमालेको झडप

बिहीबार १२, साउन २०७४

धरान । धरानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । धरान–६ स्थित पानबारीमा चुनाव प्रचार–प्रसारका क्रममा दुवै पार्टीका कार्यकर्ताबीच भएको झडपमा एमालेका दुईजना र नेपाली कांग्रेसका एकजना कार्यकर्ता घाईते भएका छन् । एमालेका निराजन थापामगर र अशोक लुङगेली मगरको टाउकोमा चोट लागेको छ भने नेपाली कांग्रेसका प्रकाश कुवँर घाईते भएका छन् । सोमबार एमालेले धरान–६ स्थित स्कुल डाँडामा चुनाबी प्रचारका लागी सांस्कृतीक कार्यक्रम राखेको थियो । सांस्कृतीक कार्यक्रममा एमाले सुनसरीका सदस्य भीम राई ज्वालाले मन्तब्यका क्रममा कांग्रेस गुण्डाहरुको पार्टी भनेपछि विवाद शुरु भएको कांग्रेस ६ नम्बर वडा सभापति प्रेम पौडेलले बताए । कांग्रेस कार्यकर्ताले कार्यक्रम रोक्न खोजेपछि एमाले कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले साम्य पारेको थियो । यता एमालेका जिल्ला सदस्य भीम राई ज्वालाले भने कांग्रेसलाई आफुले गुण्डाहरुको पार्टी नभनेको बताए । । आफुले पश्चिम नेपालमा कांग्रेसले एमालेमाथि गुण्डागर्दी शैलिमा आक्रमण गरिरहेको कुरा मात्र बोलेको बताए । घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।