बराहमा निर्वाचन कार्यालयको उद्घाटन

Newslaya Home

बराहमा निर्वाचन कार्यालयको उद्घाटन

बिहीबार १२, साउन २०७४

प्रकाशपुर । सुनसरीको उत्तरी ग्रामिण क्षेत्रमा रहेको बराह नगरपालिकामा सोमबार निर्वाचन कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटनमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, मुख्य निर्वाचन अधिकृत अर्जुनकुमार कोइराला, जिल्ला निर्वाचन कार्यालयका प्रमुख जानकी कर्ण, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु र बराह नगरपालीकाका निर्वाचन अधिकृत इन्दीरेस दाहाल लगायत स्थानीय राजनितिक दलका प्रतिनिधिहरु सहभागि थिए ।
नयाँ संरचनाअनुसार दुई दशक पछाडि हुन लागेको चुनावमा बराह नगर क्षेत्रभित्र १६ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लाकै ठुलो नगरका रुपमा रहेको बराहनगरमा प्रकाशपुर, मधुवन, महेन्द्रनगर, भरौल, बराहक्षेत्र गाविसलाई मिलाएर बनेको बराह ४७ हजार ६ सय ९६ मतदाताहरु रहेका छन् ।
- बाबुराम कार्की